इन्फिनिटी लघुवित्तको १५ प्रतिशत लाभांश अनुमोदन

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) को शनिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

लघुवित्तको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपुरमा सम्पन्न सभाले गत मंसिर १९ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, आव २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण समेत गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले माघ ९ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार माघ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।