सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि बढोत्तरी

0
Shares

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । गत साता तोलामा २ हजारले घटेको सुनको भाउ यस साताको पहिलो कारोबार दिनमा नै तोलामा ६०० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी सुन ९० हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलामा १ हजार ३१० रुपैयाँ भाउ निर्धारण गरिएको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँ, तेजावी सुन १ हजार ५० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।