उन्नति सहकार्य लघुवित्तका सेयरधनीको हात खाली


काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । लघुवित्तले गत वर्ष पनि लाभांश वितरण गरेको थिएन ।

माघ ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।