सरकारी चेकको भुक्तानी समय १५ दिन कायम

0
Shares

सरकारले सरकारी कोषबाट जारी हुने चेकको भुक्तानी अवधि १५ दिन कायम गर्दै राजपत्रमा प्रकाशित गरेको छ । सरकारले माघ १९ गतेपछि जारी भएका चेकको भुक्तानी अवधि १५ दिन कायम गरेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशन गरेपछि केन्द्रीय बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई माघ १९ भन्दा अघिको चेकको भुक्तानी ३० दिनमा र त्यसपछिको चकेको भुक्तानी १५ दिनमा गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आइतबार निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थालाई सरकारी कोषबाट भुक्तानीका लागि जारी हुने सबै चेकमा सोही अनुसार गर्न भनेको हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।