बुटवल । नेपालको अग्रणी बहु–ब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सिजी डिजिटलले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा २८औँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। सोनाम लोसारको शुभ अवसर पारेर सञ्चालनमा आएको उक्त शोरुमको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय तथा विशिष्ट अतिथिहरू बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थी र कम्पनीका महाप्रबन्धक बसन्त पालले संयुक्त रूपमा रिबन काटी शोरुमको उद्घाटन गरेका थिए।
नयाँ शोरुममार्फत ग्राहकहरूले विश्वस्तरीय तथा भरपर्दा ब्रान्डका इलेक्ट्रोनिक्स सामग्रीहरू एकै स्थानमा प्राप्त गर्न सक्नेछन्। शोरुममा एलजी, सिजी, सिजी मेरिडिया, टीसीएल, गोदरेज, बेकु, मिडिया, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकर, क्रोम्पटन र बर्ली लगायतका ब्रान्डका घरायसी उपकरण उपलब्ध छन्। साथै, प्रविधिप्रेमी ग्राहकहरूका लागि आइफोन, नथिङ, सिएमएफ, मोटोरोलालगायतका नवीनतम ग्याजेटहरू पनि प्रदर्शनमा राखिएको छ।
ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै सिजी डिजिटलले निस्शुल्क डेलिभरी तथा जडान सेवा, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा, पुराना सामान साटेर नयाँ लिने व्यवस्था, नियमित ग्राहकका लागि लोयल्टी सुविधा तथा समय–समयमा निस्शुल्क प्रिभेन्टिभ मर्मत सेवा प्रदान गर्ने जनाएको छ।
शोरुम उद्घाटनको अवसरमा अधिकतम खुद्रा मूल्यमा २५ प्रतिशतसम्म नगद छुट र ठूला सामान खरिदमा आकर्षक निश्चित उपहारको व्यवस्था गरिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलको व्यावसायिक क्षेत्रमा सिजी डिजिटलको उपस्थितिले उपभोक्तालाई गुणस्तरीय विकल्प उपलब्ध गराउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। उक्त शोरुम आजैदेखि सर्वसाधारण ग्राहकका लागि खुला गरिएको कम्पनीले जनाएको छ।












प्रतिक्रिया