काठमाडौँ । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सेईले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत विजेता सार्वजनिक गरेको छ।
उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको उक्त अभियानबाट सुर्खेत निवासी दिवस खत्री भाग्यशाली विजेताका रूपमा छनोट भएका छन्। उनले सुर्खेतस्थित कौशल इन्टरप्राइजेजबाट सेन्सेई ब्रान्डको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, खेल टिकट तथा आवश्यक सम्पूर्ण खर्च सेन्सेई नेपालले व्यहोर्ने जानकारी दिएको छ।
सेन्सेई नेपालका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार अगाडिबाट कपडा हाल्ने वासिङ मेसिन खरिदमा तीन केजी एरियल डिटर्जेन्ट निःशुल्क, अर्धस्वचालित वासिङ मेसिन खरिदमा विद्युतीय केटल उपहार तथा त्रिचालीस इन्च वा सोभन्दा माथिका सेन्सेई टेलिभिजन खरिदमा नेट टेलिभिजनको नौ महिनाको निःशुल्क सदस्यता सुविधा प्रदान गरिएको छ।
सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको सेन्सेई नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट सेन्सेईका उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।
एसएमएस गर्ने तरिकाअनुसार ‘सेन्सेई’ लेखी एक खाली ठाउँ दिई वारेन्टी कार्ड नम्बर, उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना उल्लेख गरी ३१००३ नम्बरमा सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ।
सेन्सेई नेपालका अनुसार क्याम्पेनअन्तर्गत उपभोक्तालाई नागरिकताको आधारमा सरल किस्ताबन्दी सुविधा तथा पुराना सामान साटेर नयाँ किन्न सकिने साटफेर अफर पनि उपलब्ध गराइएको छ। यस अभियानले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तालाई विश्वस्तरीय खेलकुद अनुभवसँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास कम्पनीले लिएको छ। कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरू लागू हुनेछन्।












प्रतिक्रिया