नेपाल राष्ट्र बैंकले २ अर्बको नागरिक बचतपत्र निष्काशन गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले माघ २७ गतेबाट २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र-२०८२ ‘क’ बिक्री गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट केन्द्रीय बैंकले उक्त बचतपत्र निष्काशन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार माघ २७ गतेदेखि फागुन १८ गतेसम्म बिक्री खुला गरिनेछ । त्यसैगरी फागुन २५ गते निष्काशन हुनेछ भने २०८२ फागुन २५ गते साँवा भुक्तानी गरिनेछ ।

बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८२ मा लगानीकर्ताले प्रत्येक ६।६ महिना (अर्धवार्षिक) मा ९ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् ।

इच्छुक नेपाली नागरिकले बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ १० हजारले भाग गर्दा निःषेश भाग जाने रकममा आवेदन दिन सक्नेछन् ।

बचतपत्र धितो राखी केन्द्रीय बैंक बाहेक अन्य बंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

आवेदन फाराम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयबाट निःशुल्क पाउन र बुझाउन सकिनेछ । फाराम केन्द्रीय बैंकको वेबसाइटबाट डाउन लोड पनि गर्न सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ माघ २०७७, सोमबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।