काठमाडौँ । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्ने विशेष उपभोक्ता क्याम्पेन अन्तर्गत तेस्रो चरणको भाग्यशाली विजेता सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यस चरणकी विजेता प्रीति ओली भएकी छन्। उनले दाङको तुलसीपुरस्थित गौरव सप्लायर्सबाट टीसीएल ब्रान्डको वासिङ मेसिन खरिद गरी “नेपालको शान, मुम्बईको मैदान” नामक क्याम्पेनमा सहभागिता जनाएकी थिइन्।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमणसहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्ने कम्पनीले जनाएको छ।
टीसीएल नेपालका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि विभिन्न आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। जसअनुसार, टीसीएल एअर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा प्रदान गरिएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टीसीएल टेलिभिजन खरिदमा नेट टिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन उपलब्ध गराइएको छ। साथै, नागरिकताको आधारमा सहज किस्ताबन्दी सुविधा तथा एक्सचेञ्ज अफर पनि लागू गरिएको कम्पनीले जनाएको छ।
सीमित अवधिका लागि नेपालभर सञ्चालन भइरहेको यस योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जानकारी दिएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी एसएमएसमार्फत क्याम्पेनमा सहभागी हुन आग्रह गरेको छ।
सीजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालमा वितरण हुँदै आएको टीसीएल ब्रान्डले टेलिभिजन, रेफ्रिजरेटर, वाटर डिस्पेन्सर, वासिङ मेसिन तथा एअर कन्डिसनरजस्ता उत्पादनमार्फत गुणस्तर, नवीन प्रविधि र विश्वसनीय सेवाका कारण नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको कम्पनीको दाबी छ। कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरू लागू हुनेछन्।












प्रतिक्रिया