नेप्सेमा झिनो अंकको गिरावट आउँदा, कारोबार रकम १६ अर्ब माथि


काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार नेप्से ३.०७ अंकले घटेर २७६९.०९ मा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल ३३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयरहरु १ लाख ४७ हजार ६७६ पटक किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुग्दा कारोबार रकम १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार ३३२ कम्पनीको सेयर किनबेच भएको सेयर बजारमा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको सेयर मूल्य स्थीर रहेको  छ ।

सोमबार  कारोबारमा आएका कम्पनी मध्ये एसवाई प्यानल नेपाल, हिमस्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, ट्रेड टावर, त्रिसुली हाइड्रो, बन्दिपुर केवलकार र विकास हाइड्रोको सेयर मूल्य धेरै बढ्नेको सूचीमा शीर्ष १० मा परेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा नेश्नल हाइड्रो पावर पहिलो स्थानमा रहेको छ । सोमबार नेश्नल हाइड्रो पावरको सेयर मूल्य ३ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा कालिका पावर कम्पनी, ज्योति विकास बैंक, सानिमा ग्रोथ फण्ड र गुह्ेश्वरी मर्चेट बैंक रहेका छन् ।

त्यस्तै, सोमबार कारोबार रकमका आधारमा  हिमालयन पावर कम्पनी शीर्षस्थानमा रहेको छ । हिमालयन पावरको ६५ करोड ९३ लाख ३० हजार रुपैयाँको सेयर किनबेच हुँदा आँखुखोला हाइड्रो ५६ करोड १६ लाख ३८ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा मञ्जुश्री फाइन्यान्स रहेको छ भने चौथो स्थानमा एसवाई प्यानल र पाँचौ स्थानमा बन्दिपुर केबलकार रहेको छ ।

सोमबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । आइतबार ४६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४६ खर्ब ४९ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक दिनमा ५ अर्ब रुपैयाँले घटेको हो ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।