मुलुकको शोधनान्तर स्थिति १२४ अर्ब बचतमा, चालु खाता साढे ४९ अर्ब

0
Shares

चालु आर्थिक वर्षको ६ महिना (पुस) सम्ममा देशको शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड बचतमा पुगेको छ ।

चालु आर्थिक पाँचौं महिनासम्ममा अर्थात १ खर्ब ६ अर्ब ४८ करोड शोधनान्तर बचतमा रहेकोमा गत मंसिरको तुलनामा पछिल्लो एक महिनामा १८ अर्ब ४४ करोडले शोधनान्तर स्थिति मजबुत बनेको हो ।

अघिल्लो वर्षको पुससम्ममा मुलुकको शोधान्तर स्थिति २६ अर्ब ६५ करोड बचतमा थियो । समीक्षा अवधिमा शोधनान्तर स्थितिमा ९८ अर्ब २७ करोड रुपैयाँले सुधार आएको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ । मंसिर सम्ममा अमेरिकी डलरमा शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको थियो ।

चालु आर्थिक वर्षको सो अवधिमा वैदेशिक ब्यापारमा कमी आएसँगै शोधनान्तर बचत उच्च दरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासंगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।

चालु आर्थिक वर्षको पुस महिनामा चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोड रुपौयाँले घाटामा रहेको थियो । एक वर्षको अवधिमा ३० अर्ब १२ करोडले घाटा सुधारिएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ । चालु खाता अमेरिकी डलरमा एक वर्षमा एक वर्षको अवधिमा २७ अर्ब ६७ करोडले सुधार भएको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा पूँजीगत ट्रान्सफर ८.१० प्रतिशतले कमी आई ६ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२० प्रतिशतले कमी आई ७ अर्ब ६६ करोड रुपौयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता घाटा २१ अर्ब ३२ करोड र अमेरिकी डलरमा १८ करोड २४ लाखले घाटामा रहेको थियो । चालु आवको पाँच महिना अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रुपौयाँ रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ माघ २०७७, सोमबार  १७ : ४१ बजे