सुनचाँदीको मूल्यमा लगातार चौथो दिन पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत शुक्रबार, आइतबार र सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो । मंगलबार सहित लगातार चार दिन सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार ३०० रूपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ३०० रूपैयाँ बढी हो ।

आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा र शुक्रबार प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँका कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि लगातार बढेको छ । मंगलबार चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला ६ हजार ८७० रूपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ र शुक्रबार ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ६३ अमेरिकी डलर र चाँदी १०७.६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।