महालक्ष्मी लाइफले दोस्रो वार्षिकोत्सवको अवसरमा ल्यायो महालक्ष्मी धनधान्य बीमा योजना

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार संचालनको दुई बर्ष पुरा गरेको छ । २०७५ माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको महालक्ष्मी लाइफले दोस्रो वर्ष पुरा गरेको हो ।

कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा, उपशाखा स्थापना गर्न सफल भएको जनाएको छ। कम्पनीले १६ हजार १९० अभिकर्तालाई तालिम,नौ वटा प्रोडक्ट लंच, १६५ करोड रुपैयाँ बीमाशुल्क संकलन र २५६ करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।

स्थापनाको एक वर्ष पछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेतापनि आव २०७५/७६ को पोलिशि बोनस न्यूनतम ५० रुपैयाँ ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुँच अझै विस्तार गर्ने, गुणात्मक कारोवारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पु¥याउने लक्ष्य लिएर काम गर्ने प्रतिबद्दता व्यक्त गरेको छ ।

कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य” पोलिशी संचालनमा ल्याएको छ । कम्पनीले आ.व. २०७६/७७ को वासलात नाफा नोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६० करोडको शेयर (आईपिओ) सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको जानकारी गराएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।