काठमाडौं, १४ माघ २०८२ – एमएडब्लू राइड्स प्रालि अन्तर्गत यामाहा नेपालले सञ्चालन गरिरहेको यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको छ। नेपालका विभिन्न भू–भागमा गरिएको वास्तविक राइडमा स्कुटरले अपेक्षाभन्दा बढी माइलेज दिन सक्ने प्रमाणित गरेको छ।
प्रमाणित ७१.३३ किमी प्रतिलिटर माइलेज क्षमतासहित आएको रेजेडआर हाइब्रिडले प्रतियोगितामा ८७.२० किमी प्रतिलिटरसम्म माइलेज हासिल गरेको छ। तराई, पहाड र हाइवे देखि अफ–रोडसम्म गरिएको परीक्षणमा पनि यसको प्रदर्शन उत्कृष्ट देखिएको यामाहा नेपालले जनाएको छ।
यामाहा नेपालका सीईओ दीपक कुमार अग्रवालले माइलेज लिग नेपाली राइडरप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। ‘विनर अफ विनर्स’ फाइनल असार २०८३ मा हुनेछ। यामाहा रेजेडआर हाइब्रिड मालिकहरूले नजिकको शोरूममा सम्पर्क गरी प्रतियोगितामा सहभागी हुन सक्नेछन्।












प्रतिक्रिया