काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनकाे भाउ एकैदिन २० हजार रुपैयाँले घटेको छ । निरन्तर रेकर्ड कायम गरेको सुनको भाउ आज २० हजार ५०० रुपैयाँले घटेर ब्रेक लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जुन इतिहासकै महँगो हो ।
यस्तै, निरन्तर उकालो लागेको चाँदीको मूल्य शुक्रबार घटेको छ । आज चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो ।
शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार २०५.५३ अमेरिकी डलर र चाँदी १११.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया