काठमाडौँ – नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा लेभल अप विथ सिजी योजना अन्तर्गत तेस्रो चरणका विजेताहरू सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गरी सञ्चालनमा रहेको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथामार्फत तेस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
तेस्रो चरणको डिजिटल गोलाप्रथाबाट काठमाडौँ निवासी सुवर्ण खरेल बम्पर उपहार विजेता बन्न सफल भएका छन। नारायणस्थान, गणेशचोक, काठमाडौँ निवासी उनले सिजी डिजिटल, बसुन्धराबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन, मुम्बई सिटी टुर तथा मुम्बईस्थित वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको एक खेलको टिकट समावेश छ।
योजना अझै जारी रहेको जनाउँदै कम्पनीले आगामी दिनमा थप विजेताहरू घोषणा गरिने जानकारी दिएको छ। सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका एक्काइस वटा सिजी डिजिटल शोरुम, कम्पनीको आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन उपलब्ध आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ।
४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आगामी दिनमा पनि यस्ता उपभोक्ता–केन्द्रित योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।












प्रतिक्रिया