काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन कार्यको लागि ‘डबल बी’ रेटिङ पाएको छ । केयर रेटिंङ नेपाल लिमिटेडको माघ १४ गतेको निर्णय अनुसार रेटिंग दिइएको हो ।
नेक्सजेन म्यानेजमेन्टले लगानी कम्पनीको रूपमा काम गर्ने गरी गत पुस मसान्त भित्र संस्थापकहरूबाट ५० करोड पुँजी जुटाई सकेको छ । २०७४ सालमा स्थापना भएको कम्पनी विगत ६ वर्ष देखि खुद मुनाफामा चलेको छ । गत वर्षहरूमा कम्पनीले लाभांश पनि वितरण गरेको छ । कम्पनीको नेटवर्थ अंकित मुल्य भन्दा बढी नै रहेको छ ।
गत माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरी चुक्ता पुँजी ६२ करोड ५० लाख पुर्र्याउने निर्णय गरेको थियो ।
सर्वसाधारणमा सेयर निष्काशनको लागि नेक्सजेनले लक्ष्मी सनराईज क्यापिटल मार्केटसँग गएको मंसिर ८ गते सम्झौता गरिसकेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।












प्रतिक्रिया