छ दिनमा थप २२ सय बढीले बुझे कोरोना बीमाको रकम, साढे २१ करोड भुक्तानी

0
Shares

पछिल्लो ६ दिनमा कोरोना बीमा गर्ने २ हजार २३८ जना बीमितले कोरोना बीमाको दावी भुक्तानी रकम बुझेका छन् ।

६ दिनमा मात्रै २ हजार ३३८ जना बीमितलाई २१ करोड ५३ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको छ ।

बीमा समितिले उपलब्ध गराएको माघ २७ गते मंगलबाररसम्मको तथ्यांअनुसार कुल ३८ हजार ८०७ जना बीमितले ३ अर्ब ७६ करोड ८२ लाख ५० हजार रुपैयाँ भुक्तानी पाएका छन् ।

समितिको माघ २२ गतेसम्मको तथ्यांकअनुसार बीमा कम्पनीहरुले ३५ हजार ४ दावी वापत ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।
माघ २७ गतेसम्म कोरोना बीमा दावीका लागि ६६ हजार २६२ वटा दावी परेका छन् । ती मध्ये दावीका लागि आवश्यक कागजात नपुगेका ३ हजार ४३६ वटा फाइल सम्बन्धित कम्पनी मै फिर्ता भएका छन् । तीन हजार ७२१ दावीका फाईल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ९ हजार २१५ वटा दावीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । भने दुई हजार १० वटा दावीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

यसैगरी, ४३० वटा दावी प्रन्ध दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ६४३ वटा दावीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।