नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.८५ अंकले घटेर २६९४.२० अंक कायम भएको हो ।

आज सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ४१ कम्पनीका सेयरमूल्य बढेको छ भने २१० कम्पनीको सेयरमूलयमा गिरावट आएको छ । आज कुल २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँमा किनबेच भएको छ ।

बिहीबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५ अंकमा पुग्दा कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार रुपैयाँ पुगेको थियो ।

आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक मात्रै सकारात्मक छ । बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक १.७५ प्रतिशतले घटेको छ । मिथिला लघुवित्त वित्तीय संस्था, क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स कम्पनी तथा एनआईवीएल ग्रोथ फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट तथा कालीका पावर कम्पनीका सेयरधनी रहेका छन् ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।