सिद्धार्थ बैंक “कर्पोरेट क्लब अवार्ड” बाट सम्मानित


सिद्धार्थ बैंक लिमिटेड कर्पोरेट क्लब नेपाल प्रालि द्वारा प्रदान गरिने “कर्पोरेट क्लब अवार्ड” बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वार्षिक अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

माघ १६ गते आयोजित उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले बैंकको तर्फबाट अवार्ड ग्रहण गरेका थिए। मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमार्फत बैंकले पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो।

यस सम्मानले बैंकको आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउनुका साथै आगामी दिनहरूमा अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न बैंकलाई थप प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

यस खुशीको अवसरमा सिद्धार्थ बैंकले निरन्तर सहयोग, विश्वास र समर्थन प्रदान गर्नुहुने आफ्ना सम्पूर्ण ग्राहकहरू, सरोकारवाला पक्षहरू तथा शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।