काठमाडौँ । हुन्डाई नेपालले क्रेटा विद्युतीय सवारी प्रयोग गर्ने सम्पूर्ण ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सवारीको सफ्टवेयर अद्यावधिक गराउन अनुरोध गरेको छ। यस अद्यावधिकमा ब्याट्री व्यवस्थापन प्रणालीको सुधार गरिएको छ, जसलाई नेपाली सडक अवस्था र यहाँको ड्राइभिङ ढाँचालाई मध्यनजर गर्दै विशेष रूपमा परिमार्जन गरिएको हो।
उक्त अद्यावधिक पश्चात् सवारी साधनको हालको ड्राइभिङ दूरीको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म वृद्धि हुने अनुमान गरिएको छ। यस सुधारले दैनिक आवागमन तथा लामो दूरीको यात्राका क्रममा क्रेटा विद्युतीय सवारी प्रयोगकर्तालाई थप सुविधा, सहजता र विश्वास प्रदान गर्नेछ।
यो अद्यावधिक हुन्डाई नेपालको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसका माध्यमबाट सबै क्रेटा विद्युतीय सवारी प्रयोगकर्ताले सजिलै यसको लाभ लिन सक्नेछन्। हुन्डाई नेपाल आफ्ना सवारी साधनहरूको निरन्तर सुधार तथा स्तरोन्नति गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा र सन्तोषजनक अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहँदै आएको छ।
विश्वसनीय ब्रान्डका रूपमा परिचित हुन्डाई नेपाल भरपर्दो बिक्रीपछिको सेवा सञ्जाल, त्रिसट्ठीभन्दा बढी रि–लाक्स रिचार्ज सञ्जाल तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टबाट सशक्त छ। उक्त एसेम्ब्ली प्लान्ट नेपालकै एक मात्र चारपांग्रे सवारी साधन उत्पादन केन्द्र हो। यी सम्पूर्ण पक्षहरूले हुन्डाई नेपालको गुणस्तरीय सवारी अनुभव तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आएको छ।












प्रतिक्रिया