तीन महिनामा ६१ हजार लघु बीमालेख जारी

0
Shares

बीमा कम्पनीहरुले ६१ हजार भन्दा बढी लघु बीमालेख जारी गरेका छन् । चालु आवको पहिलो त्रैमासमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले (पुलबाहेक) ६१ हजार ८८० वटा लघु बीमालेख जारी गरेका हुन् ।

बीमा समितिको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले (पुलबाहेक) ६१ हजार ८८० लघु बीमालेख जारी गरि १३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघु बीमालेख जारी गर्न जीवन बीमा कम्पनी सक्रिय

न्यून आय भएका नागरिकलाई बीमाको दायरामा समेट्ने लक्ष्यका साथ अघि बढाईएको लघु बीमालेख जारी गर्न जीवन बीमा कम्पनीहरु सक्रिय देखिएका छन् । चालु आवको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले ५१ हजार ४५५ बीमालेख जारी गरेका छन् । जसवापत बीमा कम्पनीले ४ करोड ५१ लख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

निर्जीवन कम्पनीद्धारा १० हजार लघु बीमालेख जारी

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १० हजार ४२५ लघु बीमालेख जारी गरि ८ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

बीमा समितिले वि.सं. २०७१ सालमा लघु बीमा निर्देशिका जारी गरी सोसँग सम्बन्धित विभिन्न बीमालेखहरु जीवन तथा निर्जीवन सवै बीमा कम्पनीमार्फत कार्यान्वयनमा ल्याएको थियो ।

बीमा समितिले लघु बीमा निर्देशिका २०७१ लाई परिमार्जन गर्दै थप व्यवस्था सहित लघु बीमा निर्देशिका २०७६ जारी गरेको छ । बीमा समितिबाट जारी गरिएका लघु बीमाहरुमा जीवन बीमातर्फ सावधिक लघु जीवन बीमा र म्यादी लघु जीवन बीमा गरी दुई प्रकारका छन् । त्यस्तै, निर्जीवन बीमातर्फ व्यक्तिगत दुर्घटना लघु बीमा, गार्हस्थ लघु बीमा र स्वास्थ्य लघु बीमा गरी तीन प्रकारका रहेका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

 

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।