जगदम्बा मोटर्सद्वारा “टिभिएससँग सुनको सगुन” विशेष अफर सार्वजनिक


काठमाडौँ । जगदम्बा मोटर्स प्रालि, नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर समूहको सहायक कम्पनीले “टिभिएससँग सुनको सगुन” नामक राष्ट्रव्यापी विशेष ग्राहक अफर सार्वजनिक गरेको छ। बढ्दो सुनको मूल्यलाई विवाह तथा चाडपर्वको मौसमसँग जोड्दै, ग्राहकलाई मूल्य र भरोसाको अनुभूति दिलाउने उद्देश्यले यो अफर ल्याइएको हो।

ग्राहकको जीवनका नयाँ सुरुवातका क्षणहरू—नयाँ परिवार, नयाँ यात्रा र नयाँ उपलब्धिसँग टिभिएसलाई विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्ने यस अफरले सुनको दीर्घकालीन मूल्य र टिभिएस सवारी साधनको विश्वसनीयतालाई एकसाथ जोडेको छ।

अफर अवधिमा टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, किस्ताबन्दी वा साटफेरमार्फत खरिद गर्दा दैनिक सुनको सिक्का जित्ने अवसर, एक लाख रुपैयाँसम्मको नगद छुट, सजिलो किस्ताबन्दी सुविधा तथा सबै मोडलमा आजीवन वारेन्टीजस्ता लाभ लिन सक्नेछन्।

“टिभिएससँग सुनको सगुन” विशेष अफर माघ १८ गतेदेखि चैत्र ३ गतेसम्म, ४५ दिनका लागि, नेपालभर रहेका सबै आधिकारिक टिभिएस शोरुमहरूमा लागू हुनेछ।

यस अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यो अफर नयाँ सुरुवातको उत्सव भएको उल्लेख गर्दै ग्राहकलाई दीर्घकालीन मूल्य र विश्वास प्रदान गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्‍याएका छन्।

नेपालभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत जगदम्बा मोटर्सले टिभिएसलाई नेपाली उपभोक्ताको भरपर्दो दुईपांग्रे सवारी साझेदारका रूपमा निरन्तर सुदृढ बनाउँदै आएको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार  १४ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।