काठमाडौँ। विश्वव्यापी रूपमा प्रतिष्ठित इलेकट्रोनिक्स निर्माता टिसिएलले अत्याधुनिक एस५के क्यूएलईडी गुगल टिभीको शृङ्खला नेपालको लागि सार्वजनिक गरेको छ। ३२–इन्च र ४३–इन्च आकारमा उपलब्ध यो टिभीले क्यूएलईडी प्रविधिको ज्वलन्त दिव्यानुभूति, एचभीए प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी अडिओको समृद्ध ध्वनि, र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको छ, जसले आधुनिक नेपाली परिवार र युवाहरूको मनोरञ्जन आवश्यकतालाई पूरा गर्नेछ।
टिसिएल एस५के क्यूएलईडी गुगल टीभीले विशेष गरी प्रिमियम मनोरञ्जनको खोजी गर्ने युवा पुस्ता, डिजिटल सामग्री र चलचित्र मन पर्ने परिवार, र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरेको छ। यसको उन्नत विशेषताहरूले हरेक प्रयोगकर्ताको लागि व्यक्तिगत र अनुकूलित अनुभव सिर्जना गर्ने कम्पनीले जनाएको छ ।
क्यूएलईडी र एचभीए प्यानलको उत्कृष्ट मेलः क्वान्टम डट प्रविधिले प्राकृतिक र जीवन्त रङ्ग भएको एचभीए प्यानलले ३एक्स बढी कन्ट्रास्ट र १७८ डिग्री भन्दा बढीको व्यापक दृश्य कोण प्रदान गर्दछ। एचडीआर १० र एचएलजी सपोर्टले प्रत्येक दृश्यलाई यथार्थवादी बनाउँछ।
साथै, डल्बी अडिओको समृद्ध ध्वनि २.० च्यानल स्पिकर सिस्टमले थिएटर(स्तरको ध्वनि अनुभूति दिन्छ। गुगल टिभीको बुद्धिमान अनुभव गुगल सहयोगी मार्फत भ्वाइस नियन्त्रण, हजारौँ एप्सको पहुँच, र द्रुत गेमिङ अनुभवका लागि गेम मोड सुविधा उपलब्ध छ।
स्टाइलिश मेटालिक डिजाइनस् बेजल(लेस र मेटालिक फिनिस्ड डिजाइनले कुनै पनि आधुनिक रहनसहनमा सहजै मिल्छ।
पूर्ण कनेक्टिभिटी बाइ–फाइ ४ (२.४जी : ५जी), ब्लुटुथ ५.०, दुई वटा एचडीएमआई पोर्ट, र यूएसबी २.० ले सबै उपकरणहरू जडान गर्न सहज बनाउँने कम्पनीको दाबी छ ।












प्रतिक्रिया