बैंकिङ उपसमूह बढेपछि नेप्सेमा सुधार, ग्लोबल आइएमई बैंकको उच्च कारोबार

0
Shares

बैंकिङ्ग उपसमुहमा सुधार आएसँगै बुधबार शेयर बजारले सरकारात्मक मोड लिएको छ । मंगलबार २९ अंकले घटेपछि बुधबार ८.६६ अंक बढेर नेप्से २५४३.०३ विन्दुमा पुगेको छ ।

बुधबारको बजारमा १९१ कम्पनीका १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर ६२ हजार १५ पटक खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार रुपैयाँ पुगेको छ । यो रकम मंगलबारको तुलनामा ४९ करोड ६८ लाख रुपैयाँ कम हो । मंगलबार ८ अर्ब १४ करोड ६२ लाखको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १२ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ वटा घटेको छ । वित्त सर्वाधिक ३.२७ प्रतिशत बढ्दा होटल, २.१४ प्रतिशत र बैंकिङ्ग इन्डेक्स १.५ प्रतिशत बढेको छ । व्यापार ३.२१ प्रतिशत घटदा उत्पादन र लघुवित्तको सूचक पनि १ प्रतिशत बिन्दुभन्दा धेरैले घटेको छ ।

  • ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार

बुधबार ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ११ लाख ७१ ह्जार कित्ता शेयर ५२ करोड २ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका हुन् ।

यसैगरी प्रभु बैंकको ४६ करोड ८ लाख, कुमारी बैंकको ३७ करोड १४ लाख र शिखरको ३३ करोड ३७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । एनसीसी बैंक, डिप्रोक्स लघुवित्त, नेपाल लाइफ, नेपाल टेलिकम, नेको इन्स्योरेन्स र नबिल बैंकको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नबिल बैंकको १५ करोड धेरैको शेयर कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2021-02-10 15:00:00
GBIME 521,725,188.00 448.00
PRVU 460,837,409.00 492.00
KBL 371,694,500.00 313.00
SICL 333,923,453.00 2,750.00
NCCB 276,553,920.00 315.00
DDBL 247,398,392.00 2,192.00
NLIC 196,066,944.00 2,365.00
NTC 165,177,330.00 1,416.00
NIL 159,768,659.00 1,565.00
NABIL 152,696,882.00 1,176.00
  • तीन कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार

बुधबार गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र आइसीएफसी फाइनान्सको गरी तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

रिलायन्स फाइनान्स, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, ओरियन्टल होटल, हिमालयन पावर पार्टनर, आइएमई जनरल इन्स्योरेन्स र प्रभु बैंकको शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-10 15:00:00
GUFL 440.00 40.00 10.00
GMFIL 236.00 21.00 9.77
ICFC 326.00 29.00 9.76
RLFL 247.00 15.00 6.47
KBL 313.00 19.00 6.46
GBIME 448.00 25.00 5.91
OHL 545.00 29.00 5.62
HPPL 368.00 18.00 5.14
IGI 1,210.00 57.00 4.94
PRVU 492.00 22.00 4.68

बुधबारको बजारमा साधना लघुवित्त वित्तीयको शेयरमूल्य सबैभन्दा धेरै ६.३८ प्रतिशत घटेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक, सपोर्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ्ग, बोटर्लि नेपाल तराई, उन्नति सहकार्य लघुवित्त, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, नेशनल हाइड्रोपावर, र बुटवल पावर कम्पनीको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-10 15:00:00
SDLBSL 1,498.00 -102.00 -6.38
EICPO 431.00 -19.00 -4.22
SMB 2,350.00 -94.00 -3.85
STC 8,193.00 -296.00 -3.49
BNT 9,200.00 -300.00 -3.16
USLB 2,267.00 -73.00 -3.12
MHNL 250.00 -8.00 -3.10
LEC 237.00 -7.00 -2.87
NHPC 136.00 -4.00 -2.86
BPCL 413.00 -12.00 -2.82

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।