सुपरमाई हाइड्रोपावरले कति दिने भयो लाभांश ?


काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभाश घोषणा गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

सो बैठकले बोनस शेयरको कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ । बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।