नक्कली सुन बिक्रीगरी ५५ लाख ठगी गर्ने पाँच जना पक्राउ

0
Shares

प्रहरीले एक किलो नक्कली सुन दिई ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीय सन्त बहादुर लामा, ४५ वर्षीय ऋषमान घले, ३५ वर्षीय मेख तामाङ, चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई यही माघ ११ गते सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ठगी गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका ५ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।