सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २६८१.५० अंकमा पुगेको छ । कारोबारमा आएका ३२६ कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्य घट्दा १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयरहरु ८० हजार ४२२ पटक किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से १२.५८ २६८३.५० अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रपावर र आँखुखोला जलविद्युत आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पाेरेट विकास बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

यता, बुधबार बजारमा हिमालयन लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो फण्डको इकाई मूल्य ५.५४ प्रतिशतले घटेको छ । रावा इनर्जीको सेयर मूल्य ४.१३ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८४ प्रतिशत, दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य ३.६८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ८० करोड ७७ हजार रुपैयाँको कारोबार सहित आँखुखोला जलविद्युत शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि आँखुखोला जलविद्यतु २३ लाख ४६ हजार ५७७ इकाईको कारोबार सहित अग्र स्थानमा रहँदा कारोबार संख्याको आधारमा ६ हजार ८८८ पटकको कारोबार सहित एसवाई प्यानल नेपाल शीर्षस्थानमा रहेको छ ।

बुधबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४५ खर्ब २ अर्ब ३० करोड ९२ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।