काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुभार आएसँगै नेप्से २७ सय विन्दुमाथि पुगेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको हो ।
बिहीबार कारोबारमा आएका ३२६ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहीबारको कारोबारमा ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयरहरु ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से १.६४ अंकले घटेर २६८१.५० अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, मोदी इनर्जी, रिदी पावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यता, बिहीबार सुपर मादी हाइइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । मेगा म्याचुअल फण्डको इकाई मूल्य ६.२५ प्रतिशत, माया खोला हाइड्रोपावरको सेयर मूल्य ३.७८ प्रतिशत, पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ३.३८ प्रतिशत र हिमस्टार ऊर्जाको सेयर मूल्य २.७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ५८ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार सहित युनियन हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा एसवाई प्यानल नेपाल ६ हजार १६५ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बिहीबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४५ खर्ब ४७ अर्ब ९७ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । बुधबार बजार पूँजीकरण ४५ खर्ब २ अर्ब ३० करोड ९२ लाख रुपैयाँ कायम भएको थियो ।













प्रतिक्रिया