
सपोर्ट माइक्रोफाइनान्स (SMB) ले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको माघ २८ गते बुधबार सम्पन्न सञ्चालक समितिको १५६ औं बैठकले आव २०७६/७७ को नाफाबाट लघुवित्तको शेयरधनीलाई लाभांश वितरण नगरी सञ्चित कोषमा नै राख्ने निर्णय गरेको कम्पनी सचिव कुलाणि तिम्सीनाले जानकारी दिए ।
साथै सोही बैठकले आव २०७६/७७ को प्रतिवेदन पारित गरी वार्षिक साधारण सभा गर्न स्विकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र समक्ष पेश गर्न निर्ण समेत गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया