
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा १ हजार ५०० रुपैयाँले बढेको सुनको भाउ बुधबार स्थीर रहेकोमा बिहीबार घटेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलाको ४०० रुपैयाँ, तेजावी ४५० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँ तोकिएको छ ।
बुघबार छावापाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी ९१ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया