मोदी इनर्जीले पायो हकप्रद शेयर निष्कासनकाे अनुमति


काठमाडौँ । विद्युत् विकास विभागले मोदी इनर्जी लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ : ०.९००२९ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई पत्र लेख्दै हकप्रद शेयर निष्कासनका लागि नियामक निकायबाट स्वीकृति प्राप्त भएको जानकारी गराएको हो।

विभागले माघ २१ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले करिब २ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। हाल मोदी इनर्जीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।