अब हरेक कम्पनीका सेयरधनीले लाभांशको जानकारी इमेल र एसएमएसबाट पाउने


अब नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत सबै कम्पनीका सेयरधनीहरुले आफ्नो सेयर भएको कम्पनीले वितरण गर्ने लाभांशको जानकारी इमेल र एसएमएसबाट पाउने भएका छन् ।

शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज लि. (नेप्से) ले सबै सूचीकृत कम्पनी तथा सेयर रजिष्ट्रार कम्पनीहरुलाई निर्देशन जारी गर्दै सेयर, सामुहिक लगानी कोष तथा ऋणपत्रधनीहरुलाई लाभांशको सूचना इमेल र एसएमएसबाट दिन भनेको हो ।

नेप्सेका अनुसार अब सबै कम्पनी तथा सामुहिक लगानी कोषहरुले स्टक सिम्बल, लाभांश वितरण हुने आर्थिक वर्ष र लाभांशको दर तथा प्रतिशत प्रष्ट रुपमा इमेल र एसएमएसमा पठाउनुपर्ने हुन्छ । साथै ऋणपत्रको हकमा सिम्बोल, आर्थिक वर्ष र व्याजदर खुलाएर सूचना लगानीकर्तालाई दिनुपर्ने हुन्छ ।

नेप्सेको निर्देशन प्रभावकारी रुपमा कार्यान्वायन भएको खण्डमा लगानीकर्ता तथा सेयरधनीहरुले आफुले लगानी गरेको कम्पनीको लाभांशको सूचना सहज रुपमा पाउनेछन् ।

 

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।