बन्दिपुर केबलकारको ‘लकइन’ अवधि फागुन २९ मा सकिँदै


काठमाडौँ । केवलकार एण्ड टुरिजम लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्ट्याइएको साधारण शेयरको ‘लकइन’ अवधि फागुन २९ गते सकिने भएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै लक(इनु अवधि सकिने जानकारी गराएको हो । ‘लकइन’ अवधि समाप्त भएपछि सामूहिक लगानी कोषहरूसँग रहेको २ लाख ९३ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।

धितोपत्र बोर्डको नियम अनुसार सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको शेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने ‘लकइन’ व्यवस्था रहेको छ। कम्पनीको २०८१ भदौ ३० मा बाँडफाँट भएको थियो । सोही व्यवस्था बमोजिम कम्पनीको शेयरको अवधि आगामी २०८१ फागुन २९ गते गते सकिने छ ।

उक्त बाँडफाँट गरिएको कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख ९३ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याइएको थियो। कम्पनीका अनुसार २०८१ भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको साधारण शेयर २०८१ भदौ ३० गते बाँडफाँट गरिएको थियो।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।