विश्वकप क्रिकेटः १८५ रनको लक्ष्य पछ्याउँदै नेपाल, खेल हेर्दै प्रधानमन्त्री


काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लािग १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको छ । उक्त खेल प्रधानमन्त्री सुशीला कार्कीले चाखपूर्वक हेरिरहेकी छन् ।

उक्त खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले उक्त खेल प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनका माध्यमबाट अवलोकन गरिरहेकी छन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार  १७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।