नेपाल लाइफको खुद बीमा शुल्क १७ अर्ब माथि, २३% ले बढ्यो व्यवसाय

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा २२.८४ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ ।

कम्पनीले पुस मसान्तसम्ममा १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ३०.५४ प्रतिशतले बढेर १ खर्ब १ अर्ब २८ करोड ६५ लाख रुपैयाँको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । यस्तै, महाविपत्ति कोष ४७ करोड ५७ लाख रुपैयाँबाट बढेर ५९ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसमा नेपाल लाइफले ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन समीक्षा अवधिको तुलनामा २२.४८ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ३५ करोड ९ लाख १७ हजार रुपैयाँ नाफा खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.९४ रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.९५ रुपैयाँ छ ।

पुस मसान्तसमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ५३ करोड ४९ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा २७.७४ प्रतिशतले बढी हो । यस्तै, कम्पनीले पूनर्बीमा कमिशनववापत १ करोड ९८ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा एशियन लाइफले अभिकर्ता कमिशन वापत १ अर्ब ९२ करोड ८ लाख रुपैयाँ खर्चेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत १ अर्ब ६१ करोड ११ लाख रुपैयाँ खर्चेको थियो ।

चालु आवको ६ महिना अवधिमा कम्पनीले १७ अर्ब ४० करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्म १३ लाख ३५ हजार ४६७ वटा बीमालेख जारी गरेको छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले २६ हजार ४८३ दावीबापत ५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । भने १ अर्ब २९ करोड ४० लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।