सुनको मूल्य ६०० रुपैयाँले घट्यो

0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूलय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ, तेजावी ९० हजार ४०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलाको ५ रुपैयाँले बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।