एक रुपैयाँ, एक स्कुटर दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा


एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी छिन् ललितपुर हरिसिद्धी निवासी आश्मा दाहाल ।

दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११ को ‘१ रुपैयाँ डिल’ अन्तर्गत आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै दराज ११.१ “द बिगेस्ट सेल अफ दि इयर” को ग्राण्ड प्राइज विजेता बन्न सफल भएकी छन् ।

दराज ११.११ अभियान नोभेम्बर १० को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो । यस अभियान अवधिभर ग्राहकहरूको अत्यधिक सहभागिता पश्चात यसलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो । अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १० हजार रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट भएकी थिइन् ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।