काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १०.२५ अंकले घटेर २६६२.१४ अंकमा पुगेको छ । मंगलबार कारोबारमा अएको ३२४ वटा कम्पनीका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८९ हजार ८३६ पटक किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से २६.०५ अंकले घटेर २६७२.३९ अंकमा पुग्दा कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार कालिञ्चोक दर्शनको सेयर मूल्य ६.३६ प्रतिशतले बढेको बजारमा अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य ५.१८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३.९९ प्रतिशतले बढेको छ ।
यता, कर्पाेरेट विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी ५.२४ प्रतिशतले घटेको छ । माई खोला हाइड्रोपावरको सेयर मूल्य ४.६३ प्रतिशत, घलेम्दी हाइड्रोको सेयर मूल्य ४.२८ प्रतिशत, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ४.२७ प्रतिशत र लिबर्टी इनर्जीको सेयर मूल्य ३.७४ प्रतिशतले घटेको छ ।
कारोबारमा रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर ४५ करोड २८ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि अरुण भ्याली १५ लाख ३० हजार ८८८ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पनि अरुण भ्याली हाइड्रोपावर ३ हजार ९१० पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
मंगलबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४४ खर्ब ६९ अर्ब ८० करोड १६ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । सोमबार कूल बजार पूँजीकरण ४४ खर्ब ८७ अर्ब १ करोड ४५ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया