काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच नेशनल पेमेन्ट कार्ड स्किमअन्तर्गत ‘नेशनल पेमेन्ट कार्ड’ सञ्चालनका लागि माघ २७ गते मंगलबार औपचारिक सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एलसीएचका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतासँगै सिटिजन्स बैंक एलसीएचको भुक्तानी इकोसिस्टम फ्रेमवर्कभित्र ‘नेशनल पेमेन्ट कार्ड’ जारी गर्ने पहिलो बैंक बनेको छ।
यस सम्झौतापछि सिटिजन्स बैंकका एटिएम तथा पोस टर्मिनलहरूमा नेशनल पेमेन्ट कार्डसँगै भिसा, मास्टरकार्ड तथा युनियन पे जस्ता अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार गरिनेछ। साथै, बैंकका ग्राहकहरूले छिट्टै एलसीएचद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किमअन्तर्गत नेशनल पेमेन्ट कार्ड प्राप्त गर्न सक्नेछन्।
विश्वकै प्रतिष्ठित “बैंक अफ द इयर” अवार्ड सन् २०२४ र २०२५ मा प्राप्त गर्न सफल यस बैंकले यसअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेको छ।
हालसालै बैंकले नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट” तथा “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। साथै, फ्रिलान्सरहरूलाई लक्षित गरी “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” नामक विशेष बचत खाता सुरु गरेको छ।
त्यसैगरी, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सिआरएन नम्बर सेवा लिन सकिने सुविधा, क्रस बैंक टेलर सेवा अन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्ला मा फैलिएका आफ्ना २ सय शाखा, १ सय ६९ एटिएम, ३ विस्तारित काउन्टर तथा बयालीस शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।












प्रतिक्रिया