
बीमा समितिले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । समितिले करार सेवाका लागि चार्टर्ड एकाउन्टेन्ट र तथ्याकंशास्त्री पदमा कर्मचारी माग गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट पदका लागि मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरह उत्तीर्ण र तथ्याकंशास्त्री पदका लागि मान्यता प्राप्त विश्वविधालयबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले पागुन ६ गतेसम्म आवेदन दिन सक्ने समितिले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया