सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढको छ भने चाँदी तोलामा ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ५०.६ अमेरिकी डलर र चाँदी ८२.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।