एनसीएचएलका सीईओ म्यानेजर अफ दी एयर, २०२५ बाट सम्मानित


काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान म्यानेजर अफ दी एयर, २०२५ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान० द्वारा आयोजित ४५औं नेशनल म्यानेजमेन्ट कन्भिसन, २०२६ का अवसरमा सिंह सम्मानित भएका हुन् ।

प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्‍याउँदै आएको योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, एनपीएस, कनेक्टआईपीएस, कर्पोटरी–पे, नेपाल–पे, क्यूआर, नेपाल–पे कार्ड, ईएफटी स्वीच, एनपीएल र एनपीएलएक्स लगायतका १० भन्दा बढी राष्ट्रिय भूक्तानी पूर्वाधारहरुले डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भन्दै सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ्गबाट सुरु गरी एनसीएचएललाई आजको दिनमा आइपुग्दा नेपालको भूक्तानी पूर्वाधारको मेरुडण्डको रुपमा स्थापित गर्न सफल भएका छन् ।

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष प्रदान गर्ने गरेको म्यानेजर अफ दी एयर अवार्ड व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरु मध्येबाट छनोट गरी सम्मान प्रदान गर्दैआएको छ ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।