काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबिच पे कार्ड जारी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसिएचल) बीच नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम इलेक्ट्रिक फन्ड ट्रान्सफर (इएफटी) मार्फत नेपाल पे कार्ड सञ्चालनका लागि सो सम्झौता भएको हो ।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड एनसिएचएलको इलेक्ट्रिक फन्ड ट्रान्सफर ९इएफटी० सदस्यहरुभित्र नेपाल पे कार्ड जारी गर्ने पहिलो बैक भएको छ ।
यो सम्झौतापछि बैंकको एटिम तथा पिओस टर्मिनलहरुमा नेपाल पे कार्ड र डिस्कोभर, डिनर्स, प्लस जस्ता अन्तर्राष्ट्रिय काडहरु पनि स्वीकार हुने जनाइएको छ। यससँगै बैंकका ग्राहकले छिट्टै एनसिएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपाल पे कार्ड पनि प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ ।












प्रतिक्रिया