साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ९.५५ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ५३६ दशमलव ४७ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ४५ कम्पनीका १६ हजार ८०६ कित्ता शेयर १ करोड २२ लाख ४ हजार ५७७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया