गरिमा विकास बैंकको बोनस पारित

0
Shares

गरिमा विकास बैंक (GBBL) को बोनस शेयर पारित भएको छ । होटल पोखरा ग्राण्ड, पोखरामा माघ ३० गते शुक्रबार सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट उक्त लाभांश पारित भएको हो ।

बैंकको साधारण सभाले १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत गरी कुल १४.२१ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको हो । चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको बैंकको बोनस शेयर वितरणपछि ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी बैंकको साधारण सभाले ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । सभाले संस्थापक शेयरधनी समुहतर्फ सञ्चालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका हुन् ।

साधारण सभा सम्पन्न भएपछि बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।