काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले ग्राहकहरूको आवासीय आवश्यकतालाई सहज बनाउने उद्देश्यले ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकले ७ वर्षसम्म ६.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १० करोड रुपैयाँ सम्म घर कर्जा उपलब्ध गराउने जनाएको छ।
न्यूनतम २५ लाख रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँ सम्म प्रदान गरिने उक्त कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण र घडेरी खरिदका लागि प्रयोग गर्न सकिने बैंकले जनाएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहेको छ।
पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा–धितो अनुपात अधिकतम ८० प्रतिशत र अन्यका लागि ७० प्रतिशत कायम गरिएको छ। साथै, यस कर्जा योजनाअन्तर्गत ग्राहकहरूले लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा समेत प्राप्त गर्नेछन्।












प्रतिक्रिया