स्रोत नखुलेको १ लाख ९० हजार सहित सडक कार्यालयका ४ कर्मचारी अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको १ लाख ९० हजार रुपैयाँ सहित सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका ४ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आयोगले निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव इन्जिनियर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुन मगरलाई नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार कार्यालय प्रमुख नविन श्रेष्ठ स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव इन्जिनियर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुनलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई रुपन्देही सैनामैना नगरपालिका वडा १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि सारीएको आयोगले जनाएको छ ।

४० हजार घुस सहित मालपोत कार्यालय २ कर्मचारी विरुद्ध आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राही संग ४० हजार घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायी विरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ विरुद्ध आरोप पत्र दायर गरेका हो ।

उनीहरुले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउन अतिरिक्त रकम माग गरेका थिए ।
सो सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले कुमार श्रेष्ठ र रमेशलाल श्रेष्ठलाई घुस लिईसकेको अवश्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।