मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: अधिकांश व्यवस्था यथावत, आवश्यकता अनुसार मौद्रिक व्यवस्थापन गरिने

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशालाई यथावत राख्दै मौद्रिक नीतिको अर्घवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यसअघि कायम गरिएको अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंकदरलाई निरन्तरता दिएको छ ।

कोरोना पछिको आर्थिक कृयाकलाप सामान्यकरणतर्फ उन्मुख रहेको र मौद्रिक व्यवस्थापन गनुपर्ने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कोभिड कहरकाबीच प्रदान गरेका वित्तीय सहजीकरणका सहुलियतहरु क्रमश: कम गर्दै वित्तीय स्थायित्वतर्फ बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।

आर्थिक कृयाकलापहरु थप सामान्य भएसँगै पुनरावकलोन गर्ने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले सक्रिय कर्जाहरुलाई पुनरकर्जा तालिकीकरण गर्न दिने जनाएको छ । बक्यौताको १० प्रतिशत पनि ब्याज तिर्न नसक्ने विशेषगरी पर्यटन क्षेत्रका व्यवसायीहरुलाई आगामी असारसम्म कर्जा पुनरसंरचना गरिएको छ । तर पाँच प्रतिशत ब्याज भने तिर्नुपर्नेछ ।

तोकिएका क्षेत्रमा ऋण कर्जा प्रवाह गरे नगरेको निरीक्षण र कारबाही बढाइने र विद्युतीय कारोबारको प्रव्द्धनमा जोड दिने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र विस्तारको बाटोमा अगाडि बढेको, आर्थिक स्थायित्वका कृयाकलाप सुदृढ र मूल्य वृद्धि नियन्त्रणमा रहेको जानकारी दिए ।

गभर्नर अधिकारीले निक्षेप परिचालन र कर्जामा सुधार आएको पुनरकर्जा र सुहलियतपूण कर्जा परिचालन पनि सुधार भएको जानकारी दिए। पुनकर्जाको रकम ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको र ८२ अर्ब परिचालन भएको उनले बताए । ६० हजार ८९९ ऋणीलाई एक खर्ब ३७ करोड सहुलियत पूर्ण कर्जा प्रवाह गरिएको पनि उनले जानकारी दिए ।

वित्तीय पहुँच विस्तार भएको बताउँदै उनले चार स्थानीय तहमा मात्र बैंक पुग्न बाँकी रहेको जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २ फागुन २०७७, आइतबार  १९ : २८ बजे