काठमाडौँ । साताकाे दाेस्राे काराेबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) ८.१६ अंकले घटेर २६६२.९१ अंकमा झरेको छ । साेमबार परिसुचकसँगै काराेबार रकममा पनि गिरावट आएकाे छ ।
सोमबार काराेबारमा आएका ३३५ कम्पनीका २ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयरहरु ८० हजार ५५९ पटक किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँकाे काराेबार भएका छ ।
गत बिहीबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ अंकमा पुग्दा कारोबार रकम ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ पुगेको थियो । त्यस दिनकाे तुलनामा आजकाे काराेबार रकम ३ अर्ब ३५ कराेड रूपैयाँले कम हाे ।
सोमबार बैंक समूह ०.७५ अंकले घटेको बजारमा , जलविद्युत समूह ३६.७३ अंकले विकास बैंक समूह २६.६६ अंकले, लगानी समूह ०.६३ अंकले र जीवन बिमा समूह ५८.०५ अंकले घटेको छ ।
त्यसैगरी, माइक्रोफइनान्स समूह ११.४२ अंकले, म्यूचुअल फण्ड ०.०४ अंकले, निर्जीवन बीमा समूह ५१.१३ अंकले र अन्य समूह १.७३ अंकले घटेको हो ।
यता, वित्त समूह १३.७९ अंकले, होटल तथा पर्यटन समूह ३१.६३ अंकले र उत्पादन तथा प्रशोधन समूह ४४.८३ अंकले बढेको छ ।
सोमबार बुद्धभुमी नेपाल हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, उपर स्याङ्गे हाइड्रो ८.१८ र गनपति लघुवित्त सेयर मूल्य ५.९६ प्रतिशतले बढेको हो ।
यता, खानीखोला हाइड्रोको सेयर मूल्य ९.३८ प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट, मञ्जुश्री फाइनान्स, अरुण भ्याली हाइड्रो र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ५ प्रतिशत हाराहारीमा घटेको छ ।
कारोबार रकमको आधारमा रिडी पावर कम्पनी ६५ करोड ३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । त्यस्तै, आँखुखोला हाइड्रो, ङादी ग्रुप पावर, एसवाई प्यानल र खानीखोला हाइड्रो शीर्ष पाँचमा परेका छन् ।
सोमबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । बिहीबार ४४ खर्ब ८४ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४४ खर्ब ७१ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १३ अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया