सुनको मूल्य सोमबार घट्यो,चाँदी भने बढ्यो

0
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३४० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ तोेलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।